• १५ असोज २०८३, बिहीबार
  • १ः०६ राती

निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार १२:०६

काठमाडौँ : ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् । जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अक्षर) का सवारी चल्नेछन् । ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ ।

National Life

तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएको छैन । अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।

प्रतिकृया