• १५ असोज २०८३, बिहीबार
  • १२ः३४ राती

सुनको मुल्यमा वृद्धि

प्रकाशित मिति

२०७८ असार ८ गते, मंगलवार ११:५९

काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो । गत आइतबार एकैदिन ८ सय रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४ सय रुपैयाँले बढेको थियो भने, आज थप ६ सय रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।

National Life

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया