• १६ असोज २०८३, शुक्रबार
  • ४ः३९ बेलुका

विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता, बालबच्चाको बिचल्ली

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०१:४७

काठमाडौँ : महोत्तरी गौशाला नगरपालिका– ९ भरतपुरका झपसी मुखिया केही समयअघि रोजगारीका लागि दोस्रोपटक कतार गए । उनी कतार गएको तीन महिनापछि श्रीमती लक्ष्मी चार वर्षीया छोरी लिएर एकाएक बेपत्ता भइन् । आमा बेपत्ता बेपत्ता भएपछि उनका तीन छोराहरुको विचल्ली भएको छ ।

National Life

यसअघि पनि रोजगारीका लागि कतार गएका झपसीले श्रीमतीका नाममा लाखौं रुपैयाँ पठाएका थिए । विदेशबाट पठाएको रकम र छोरी लिएर बेपत्ता श्रीमती बेपत्ता भएपछि झपसी तनावमा छन् । कतारबाटै टेलिफोनमा गुनासो गर्दै उनले भने, ‘विश्वास गरेर आफ्नो सबै श्रीमतीलाई सुम्पिएँ, अहिले दुःख गरेर कमाएको सम्पत्ति बोकेर बेपत्ता भइन् । छोराहरुको बिचल्ली भयो ।’


लक्ष्मी यसरी बेपत्ता भएको यो पहिलोपटक भने होइन । झपसी पहिलोपटक कतार गएको डेढ बर्षपछि पनि उनी छोरीसहित बेपत्ता भएकी थिइन् । श्रीमती बेपत्ता भएको खबर सुनेपछि नेपाल आएका झपसीले श्रीमतीलाई खोजेर घर ल्याए, सम्झाइबुझाइ गरे । लक्ष्मीले गल्ती स्वीकारिन् । लक्ष्मीले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएपछि झपसी फेरि रोजगारीका लागि कतार गए । ‘म दोस्रोपटक कतार जाने मनस्थितिमा थिइनँ, श्रीमतीले नै नेपालमा त्यतिकै बसेर के गर्नु ? भन्दै कर गरेपछि विदेश गएको हुँ’, उनले भने, ‘मैले त राम्रै हिसाबमा भनेको होला भन्ठानें, उनको नियतमा खोट रहेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

अहिले उनका तीन छोरा ११ बर्षीय रजित, ९ बर्षीय रोहित र ७ बर्षीय मनिषको बिचल्ली भएको छ । छोराहरुलाई दाजु, भाउजूले संरक्षण दिइरहेका छन् । ‘हामी पनि गरिब छौं, आफ्नै छोरा–छोरीलाई राम्रोसँग खुवाउन सकिरहेका छैनौं’ मुखियाकी भाउजू सविता भन्छिन्, ‘जसोतसो देबरका छोरालाई पनि राखेका छौं । धेरै दिनसम्म उनीहरुलाई त खुवाउन सकिन्नँ ।’ कतारमा रहेका मुखियाले आफ्नो पत्नीको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।


वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने प्रमेश मण्डल यस्ता घटनाले समाजमा समस्या भएको बताउँछन् । ‘पीडित पुरुष महिलाविरुद्व उजुरी दिएर अगाडि बढेमा न्याय पाउन सक्छन्,’ उनले भने, ‘अपराध संहिता २०७४ ले पतिलाई छाडेर अर्को पुरुषसँग विवाह गर्ने पत्नीको विवाह रद्द गराउँदै लगेको सम्पति समेत फिर्ता गराउने प्रावधान छ ।’

प्रतिकृया