• १२ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

माधव नेपाल ब्याक नहुने

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०१:२३

काठमाडौं : नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ । फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।

National Life

नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् । उनले रिपोर्टर्स नेपालसँग भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।’ माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।


ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् । माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ । नेपालनिकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठेपनि नेपालनिकट दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चुनावमा गठबन्धन बनाएर जाँदा ओलीले नराम्रो धक्का खाने सम्मको आँकलन गरिएको छ । देउवासँग नेपालको दरिलो गठबन्धन बनिसकेकाले पछि हटिहाल्ने सम्भावना कम भइसकेको छ । आगामी चुनावसम्म मिलेर जानेगरी भित्री सहमति बनेको बुझिएको छ । बरु पार्टी अर्को बनाएर जानेगरी नेपाल अगाडि बढेका छन् । त्यही भेउ पाएर ओलीले ब्याक हुने प्रस्ताव पठाएको बुझाई नेपाल पक्षको रहेको छ ।

प्रतिकृया