• ११ असोज २०८३, आइतबार
  • १२ः२५ दिउँसो

जापानले कोभ्याक्सलाई ८ सय मिलियन डलर सहायता दिने, सुगाले आज बोलाए भर्चुअल सम्मेलन

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार १२:०४

टोक्यो : जापानले विश्व स्वास्थ्य संगठन अन्तर्गतको खोप संजाललाई ८ सय मिलियन डलर सहायता प्रदान गर्ने भएको छ । प्रधानमन्त्री यासिहिदे सुगाले उक्त सहायता अन्तर्गत कोभ्याक्सलाई खोप लगायतका सहयोग गर्न लागेको जापानी अखबार मिनिचीले बुधबार जनाएको छ ।

National Life

जापानले यसअघि कोभ्याक्सलाई २ सय मिलियन डलर उपलब्ध गराइसकेको छ । चाँडै कोभ्याक्सलाई दिइने खोपको परिमाण पनि घोषणा गरिने उक्त अखबारले लेखेको छ । बुधबार प्रधानमन्त्री सुगाले कोभ्याक्सको भर्चुअल सम्मेलन आयोजना गरेका छन् ।


उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति कमला ह्यारिस, सामाजिक अभियन्ता बिल गेट्स र जी–सेभेन राष्ट्रका प्रतिनिधि पनि सहभागि हुनेछन् । जापानी सांसदहरुले पछिल्लो संक्रमण वृद्धि भैरहेको ताइवानलाई आस्ट्राजेनेका खोप उपलब्ध गराउन दबाब दिइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया