• ११ असोज २०८३, आइतबार
  • १ः२९ दिउँसो

भारतमा उस्तै संक्रमितको मृत्युदर

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ११:४१

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ लाख ३२ हजार ७ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार २ सय ७ जनाको मृत्यु भएको छ। यस्तै २४ घण्टामा २ लाख ३१ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

National Life

अहिलेसम्म भारतमा २ करोड ८३ लाख ७ हजार ८ सय ३२ जना संक्रमित भएको सरकारी तथ्यांक छ। उनीहरु मध्ये २ करोड ६१ लाख ७९ हजार ८५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३५ हजार १ सय २ जनाको मृत्यु भएको छ। अहिले भारतमा १७ लाख ९३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। यस्तै २१ करोड ८५ लाख ४६ हजार भन्दा धेरै भारतीयलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइएको छ।

प्रतिकृया