• १९ भदौ २०८३, शुक्रबार
  • १०ः०७ बिहान

राष्ट्रियसभा सदस्य उप–निर्वाचनको मतगणना सुरु

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०४:०१

दाङ : राष्ट्रिय सभाको उप–निर्वाचनको मतगणना सुरु भएको छ। सुरक्षा घेराभित्र मतगणना सुरु भएको हो। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उप–निर्वाचन २०७८ मा सोमबार भएको निर्वाचनमा २९७ मत खसेको थियो। जम्मा ३०० मतदाता रहेकोमा २९७ मत खसेको हो। स्थानीय तहका तीन जनाले मतदान नगरेको पाइएको छ।


स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन्। लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन्। स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणाले निर्वाचन बहिष्कार गरेका थिए। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Kamana Sewa

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

Classic Tech Desktop

प्रतिकृया