समाजसेवी राजु खड्काद्धारा प्रहरी र स्वस्थ्यचौकीलाई स्वास्थ्य समाग्री वितरण
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार ०४:०५
काठकाडौँ : भक्तपुर डम्बर बहादुर खड्का स्मृति प्रतिस्ठानका अध्यक्ष तथा मेरिगोल्ड ईङग्लिस वोर्डीङ स्कुलका संस्थापक राजु खड्काद्धारा महानगरिय प्रहरी प्रभाग बालकोट र बालकोट स्वस्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।
कोरोना भाइरसको समयलाई मध्यनजर गर्दै प्रतिस्ठानका अध्यक्ष समाजसेबी राजु खड्काले प्रभागका कार्यरत प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री आज एक कार्यक्रमका बिच प्रभागका प्रहरी नायब निरिक्षक प्रकाश बगाले लाई १० लिटर स्यानिटाईजर र बालकोट स्वस्थ्यचौकीलाईका लागि सुवास कार्कीलाई १२ लिटर स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन् ।

हस्तान्त्रणका क्रममा बोल्दै अध्यक्ष खड्काले कारोना भाईरसको लडाइ विरुद्ध सबै एक जुट हुनुपर्ने बताए । कार्यक्रममा प्रहरी नायब निरिक्षक प्रकाश बगाले ले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकोमा प्रतिस्ठानलाई धन्यवाद दिए । संकटको बेला गरेको सहयोगले ठुलो राहत मिलेको उनले बताए ।

प्रतिस्ठानका अध्यक्ष राजु खड्काले यस अघि नेपाल रेडक्रस बालकोट शखालाई एम्बुलेन्स हस्तान्त्रण गरेका थिए । उक्त एम्बुलेन्सल हाल कोभिड १९ का लागि प्रयोग भइरहेको प्रतिस्ठानले जनाएको छ । साथै प्रतिस्ठानले गरिब तथा असाहायहरुलाई सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा प्रतिस्ठानका सचिव सुधीर खड्का लगायतको उपस्थित थियो ।




प्रतिकृया