• २१ भदौ २०८३, आइतबार
  • ३ः५३ दिउँसो

एमाले स्थायी कमिटीको बैठक दोस्रो पटक स्थगित

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ११:२०

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो । तर, राष्ट्रियसभा उपनिर्वाचनका कारण पुनः मंगलबार बिहान ११ बजे बस्ने गरि बैठक सारिएको छ ।

National Life

एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबारको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको थियो । आजको बैठक प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण स्थगित भएको उनले जनाएका छन् ।


बैठकमा समसामयिक राजनीतिक विषय, बजेट समिक्षा तथा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

Classic Tech Desktop

प्रतिकृया