• २४ भदौ २०८३, बुधबार
  • ४ः३८ बेलुका

दीपकराज गिरीको व्यंग्य नगर्ने प्रण

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ११:०४

काठमाडौँ: हाँस्य कलाकार दीपकराज गिरीले कोभिडको समय अवधिभर व्यंग्य नगर्ने प्रण गरेका छन्। फेसबुकमा लामो स्टेटस राख्दै उनले सामाजिक सञ्जालले फैलाइरहेको नकारात्मक सन्देशले कोभिडका बिरामीको मानसिकतामा नराम्रो प्रभाव पर्न जाने भन्दै कोभिड समय अवधिभर राम्रा र सकारात्मक कुराहरु मात्रै पोस्ट गर्ने जनाएका छन्।

National Life

 

‘म व्यंग्य गर्ने मान्छे, मेरो दालभात त्यसैबाट जोहो हुन्छ १ अरुलाई व्यंग्य गरेर जहानबच्चा पाल्नु पर्ने अलि छुच्चो काम पनि हो मेरो१ केही हदसम्म नकारात्मता मैले पनि फैलाए होला१’ उनले अगाडि लेखेका छन्, ‘आज सारा देश कोभिडसँग लडिरहेको छ, जताततै पीडा छ, आश लाग्दा समाचार हम्मेसी सुन्न पाइन्न, सबैलाई भाइरल हुने चाहना छ, आफ्नो रीस र कुन्ठा पोख्ने थलो भएको छ सञ्जाल !’

Classic Tech Mobile
Classic Tech Desktop

उनले सामाजिक सञ्जालले नकारात्मकता फैलाएर कोभिडका बिरामीलाई प्रभाव पारेको भन्दै लेखेका छन्, ‘संक्रमण भएर घर बसेकाहरुले टाइम पास गर्न फेसबुक खोले भने शारीरिक रोग त छँदैछ, मानसिक रोग पनि थपिने पक्का छ। एक व्यक्तिले यो नकारात्मकतालाई परिवर्तन गर्न सक्दैन। न कुनै निकायले यस्लाई नियमन नै गर्न सक्छ।। अतस् जबसम्म कोभिड महामारीसँगको हाम्रो लडाइ जारी रहने छ तबसम्म म व्यक्तिगत रुपमा फेसबुकमा यो वा त्यो समूहलाई घोचपेच, व्यंग्य र नकारात्मक कुराहरुलाई बन्द गरेर सकारात्मक कुराहरु मात्रै पोष्ट गर्ने प्रण गर्दछु! ’

प्रतिकृया