• २४ भदौ २०८३, बुधबार
  • ६ः१८ बिहान

११ जुवाडे सहित १ जना तस्कर र १ जना लागु‌औषध कारोवारी पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०१:१२

संरक्षित उल्लु चरो सहित पक्राउ

National Life

काभ्रे धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित उल्लु प्रजातीको जस्तो देखिने जिउँदो चरो सहित रामेछाप, रामेछाप नगरपालिका-२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अवैध लागूऔषध गाँजा सहित पक्राउ

कास्की,पोखरा महानगरपालिका-३२ घारीबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३२ घारी बस्ने २३ वर्षीय सन्देश कुँबर र तल्लो गगनगौडा बस्ने १९ वर्षीय निराजन शाह रहेका छन् । ग.१७ प १८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी जनताचौताराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा  मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तास खेलिरहेको अवस्थामा पक्राउ

नवलपरासी (पूर्व),  बिनयीत्रिवेणी गाउँपालिका-४ सर्दिबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिष्णु बहादुर कामु लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय ३० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया