• २४ भदौ २०८३, बुधबार
  • ६ः२७ बिहान

दैलेखमा नेपाल समूहको समानान्तर कमिटी घोषणा, बरुनाथ योगी बने अध्यक्ष

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०१:१८

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ । सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।

National Life

एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।

अध्यक्ष बनेका बरुनाथ योगीले भने ,‘ पार्टी एकता केही गरेर पनि नहुने देखिएको छ। पार्टी एकताकै लागि हामीले दबाब मुलक काम गरेका हौँ ।’ केही गरेर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको योजना बलियो भयो भने हामीलाई निकाल्ने धकेल्ने कार्य भएको खण्डमा उपाए खोज्नुपर्ला,’उनले भने,‘ अहिले सुर्य चिन्ह झण्डा राखेर नै कमिटी चाँही घोषणा गरेका छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लाको छटौँ अधिवेशनबाट आएका अध्यक्ष रविन्द्रराज शर्मा ओली पक्षतिर रहेको बताउँदै योगिले भने,‘ उहाँहरुले एकलौटे पारेर हामीलाई छाडेर कार्यक्रमहरु गर्नूभयो । त्यसैले हामीले पनि कमिटी गठन गरेका हौँ।’

प्रतिकृया