बाँकेमा ६ सय ३९ जना संक्रमित थपिए, जम्मा परीक्षणको ८०.५ प्रतिशत पोजेटिभ आउन थाल्यो
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०१:२९
नेपालगञ्ज – बाँकेमा ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल, मेडिकल कलेज, बागेश्वरी ल्याब र नाकामा गरिएको जाँचमा ६ सय ३९ जना संक्रमित थपिएका हुन्।
भेरी अस्पतालमा ४ सय ७६ जनाको पीसीआर जाँच गरिएकोमा ३ सय ८३ जनालाई कोरोना पुष्टि भएको छ। जुन जम्मा परीक्षणको ८०.५ प्रतिशत हुन आउँछ। ३ सय ८३ मध्येमा २ सय ९९ जना बाँकेका रहेका छन्। त्यसमा पनि नेपालगञ्ज उपमहानगरपालिकाका २ सय ३६, कोहलपुर नगरपालिकाका २५ जना रहेका छन्। बर्दियाको बारबर्दियाका २१ जना छन्। पोजिटिभ देखिएकोमा २० देखि ४० वर्ष उमेरका धेरै छन्। २० वर्ष भन्दा कम उमेरका ५२ जना रहेको अस्पतालले जनाएको छ। भेरीमा अहिले एक सय ९८ जनाको उपचार भइरहेको छ। मेडिकल कलेज, कोहलपुरमा एक सय ८८ जनाको जाँच गर्दा एक सय ४५ जना, बागेश्वरी ल्याबमा एक सय ६९ जनाको जाँच्दा एक सय ९ जना र जमुनाकामा १६ जनाको जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको छ। यसैबीच, मेडिकल कलेज, नेपालगञ्जमा थप एकजना महिलाको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ निवासी ७२ वर्षीया महिलाको आज ११स्२५ बजे मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ।





प्रतिकृया