सहमति जुटाउन कांग्रेस पदाधिकारीको बैठक आज
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०७:२९
काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
बुढानिलकण्ठको सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।
मुख्यतः महाधिवेशन तयारी , क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । साथै जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्दैछ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया