• २६ भदौ २०८३, शुक्रबार
  • ५ः१५ बिहान

नेपाल-मलेसिया त्रिदेशीय क्रिकेटमा भिड्दै

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ११:०४

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ ।  कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा आज दिउँसो सवा १ बजे उत्त खेल सुरु हुनेछ।

National Life

नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ। प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ।

त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। हिजोको खेलमा नेदरल्याण्डस् र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

योसँगै नेदरल्याण्ड्सले ४ खेलबाट पाँच अंक जोडेको छ भने ३ खेल खेलेको मलेसियाको १ अंक मात्रै छ।

डबल राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्सविरुद्ध दुईमध्ये नेपालले एकमा जित र एकमा हार निकालेको छ।

प्रतिकृया