नुवाकोटमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा
प्रकाशित मिति
२०७८ बैशाख ९ गते, बिहीबार ११:२१
नुवाकोट : प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममामिति बुधबारदेखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका ०७ स्थित महादेवफाँटमा आफ्नो २१४औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका छन् ।
उक्त महादेवफाँट शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालन गर्ने बताएका छन् ।
सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्गपहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै उनले बैंकलाई सफलताको शुभकामना दिएका छन् ।
महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएकाे छ ।
स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमा अभिवृद्घि भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।






प्रतिकृया