• १६ असोज २०८३, शुक्रबार
  • ३ः४१ दिउँसो

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आजको सडकको अवस्था कस्तो(पूर्ण विवरण)

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०९:३१

२१ साउन २०८३ काठमाडौं – केही दिनदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डमा बाढी र पहिरोको असर देखिएको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण देशभरका धेरै महत्वपूर्ण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।

National Life

पूर्ण रूपमा बन्द भएका सडकमा चितवनको इच्छाकामना–५ स्थित पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको चारकिलो–कोदारी–लिपिङ खण्डको अरनिको राजमार्ग, ललितपुर–मकवानपुर जोड्ने कान्ति लोकपथ, इलामको राजदुवालीस्थित मेची राजमार्ग, पूर्वी रुकुमको मध्य पहाडी लोकमार्ग, बागलुङ र पाल्पाको कालीगण्डकी कोरिडोर, साथै रुकुम पश्चिम, मुगु र जुम्लाका कर्णाली क्षेत्रका विभिन्न सडक रहेका छन्।

यस्तै, काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, काठमाडौँको सितापाइला–धार्के सडक, मनाङको चामे–बेँसिशहर सडक, मुस्ताङको बेनी–जोमसोम सडक तथा भोजपुरको मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। नेपाल प्रहरीका अनुसार रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। दोलखामा वैकल्पिक मार्ग सञ्चालनका लागि प्रयास भइरहेको जनाइएको छ।

प्रहरीले लगातार वर्षा भइरहेकाले जुनसुकै बेला थप सडक अवरुद्ध हुन सक्ने चेतावनी दिँदै लामो दूरीको यात्रा अघि सडकको अवस्था बुझ्न, नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक ट्राफिक बुलेटिनबाट जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया