भोलिदेखि पुनः फुल ग्यास सिलिन्डर बिक्री, मुल्य कति ?
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०७:४२
३० असार २०८३ काठमाडौं – नेपाल आयल निगम लिमिटेडले भोलिदेखि देशभर पुनः १४.२ केजी क्षमताको पूर्ण ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले सूचना जारी गर्दै भारतीय आयल निगम (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास आपूर्तिमा सुधार आएपछि साबिकअनुसार पूर्ण क्षमताको ग्यास सिलिन्डर बिक्री गर्न लागिएको जनाएको हो।
यसअघि बजारमा ग्यासको उच्च माग र आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै उद्योगहरूलाई ७.१ केजी (आधा) सिलिन्डर बिक्री गर्न निर्देशन दिइएको थियो। भोलिदेखि बिक्री हुने १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २,०६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार केही समयसम्म ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा बजारबाट हटिसकेका छैनन्। त्यसैले संक्रमणकालीन अवधिमा ७.१ केजी र १४.२ केजी दुवै क्षमताका ग्यास सिलिन्डर बजारमा उपलब्ध हुन सक्नेछन्।





प्रतिकृया