सञ्चारगृहका गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीबारे प्रहरी अनुसन्धान सुरु
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०३:३८
२९ असार २०८३ काठमाडौं – काठमाडौंका तीन प्रमुख सञ्चार संस्थाका गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे प्रहरीले अनुसन्धान थालेको छ। कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा छाडिएका गाडीहरू ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ।
घटनापछि ती सवारीसाधनको स्वामित्व र पार्किङको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनलाइनखबरको गेटमा पार्किङ गरिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा दर्ता रहेको खुलेको छ। यातायात व्यवस्था विभाग स्रोतका अनुसार उनको ठेगाना काठमाडौं उल्लेख छ।

त्यस्तै, कान्तिपुर पब्लिकेशन अगाडि पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा दर्ता रहेको पाइएको छ। उक्त गाडी बैंकबाट ऋण लिएर एसटी मोटर्स ले प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, हिमालय टेलिभिजनको गेटमा छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्स को नाममा दर्ता रहेको भेटिएको छ। प्रहरीले तीनवटै सवारीसाधन शङ्कास्पद अवस्थामा सञ्चार संस्थाका गेटमा किन र कसले पार्किङ गरेको भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिकृया