• २७ असार २०८३, शनिबार
  • १२:५४ बिहान

स्वास्थ्य अवस्था अस्थिर भएपछि जलनपीडित गणेश नेपालीलाई तत्काल भारत नलगिने

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०९:३३

२६ असार २०८३ काठमाडौं – जलनका गम्भीर बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। चिकित्सकहरूको सुझावका आधारमा सरकारले उनको स्वास्थ्य अवस्था स्थिर नभएसम्म स्वदेशमै उपचार जारी राख्ने भएको हो।

सुरुवातमा उपचारमा संलग्न चिकित्सकहरूको सिफारिसअनुसार सरकारले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। एयर एम्बुलेन्सको व्यवस्था गरिनुका साथै उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिएको थियो। भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको आवश्यक व्यवस्थापनसमेत मिलाइसकिएको थियो।

Kamana Sewa

तर, हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा विदेश लैजाँदा ज्यानको जोखिम अझ बढ्न सक्ने निष्कर्ष चिकित्सकहरूले निकालेका छन्। त्यसपछि सरकारले तत्काल भारत नलैजाने निर्णय गरेको हो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।

Classic Tech Desktop

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली उनको उपचारमा खटिएको छ।

उपचार टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन आवश्यक औषधि तथा सघन उपचार निरन्तर जारी राखेको जनाएको छ।

प्रतिकृया