• २४ असार २०८३, बुधबार
  • ११:३७ बेलुका

उद्योग–व्यवसायको समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री बालेन

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ०३:४३

२४ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग–व्यवसाय सञ्चालन सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने विषयमा विस्तृत छलफल भएको हो।

प्रधानमन्त्री शाहले आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

Kamana Sewa

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।

Classic Tech Desktop

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने विश्वास दिलाए। उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे।

प्रधानमन्त्री कार्यालयका अनुसार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीसँग भएको उक्त छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीका लागि अनुकूल वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया