• १६ असार २०८३, मंगलबार
  • ६:५८ बेलुका

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ॐ समाज डेन्टल हस्पिटलमा छुट

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०५:०४

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने भएका छन्। बैंक र हस्पिटलबीच असार ८ गते भएको सम्झौता अनुसार छुट पाउने भएका हुन्।

सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विरामी दर्ता र चेक अपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १५ देखी २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

Kamana Sewa

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंकका ग्राहक र कर्मचारी लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ।

Classic Tech Desktop

प्रतिकृया