• १६ असोज २०८३, शुक्रबार
  • ८ः४० राती

विपक्षी दलहरूको बैठक सिंहदरबारमा, संसद् रणनीति र बजेट छलफल केन्द्रमा

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०१:३४

१८ जेठ २०८३ काठमाडौं – विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सुरु भएको छ। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

National Life

बैठकमा हालै प्रतिनिधि सभा नियमावली पारित गरिएको विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार राति विपक्षी दलहरूको अवरोध र नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले नियमावली पारित गरेका थिए, जसलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षी दलहरूले बजेटमाथिको छलफलमा आफ्नो साझा धारणा बनाउने र संसद्मा प्रस्तुत हुने रणनीति तय गर्ने तयारी गरेको जनाइएको छ।

प्रतिकृया