• १६ असोज २०८३, शुक्रबार
  • ९ः१२ राती

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत: कृषि, पर्यटन र रोजगारलाई प्राथमिकता

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०२:१७

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै कार्यक्रम अघि सारेको हो।

National Life

कृष्णबहादुर घर्तीमगर (प्रदेश प्रमुख) ले सोमबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। उनलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूले स्वागत गरेका थिए।

नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक तथा अन्य पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ। साथै, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई पनि विशेष प्राथमिकतामा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश सरकारले यी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार गर्दै समग्र विकासलाई गति दिने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया