• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ०९:१७

८ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।

गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

Kamana Sewa

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी प्रदेशमा पनि तातो दिन रहने सम्भावना छ ।

Classic Tech Desktop

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिकृया