• १९ असार २०८३, शुक्रबार
  • ५:५२ बिहान

रवि लामिछानेले आज कोशी र मधेसका सांसदसँग छलफल गर्ने

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ०९:२६

८ जेठ २०८३ काठमाडौं – रवि लामिछाने ले आज पार्टीका प्रदेश सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का प्रवक्ता मनिष झा का अनुसार सभापति लामिछानेले आज कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको हो ।

रास्वपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने छलफलअन्तर्गत कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म अन्तरक्रिया हुने जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया