• २० असार २०८३, शनिबार
  • १२:५६ बिहान

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०४:४७

१८ असार २०८३ काठमाडौं –  यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गर्दै २ प्रतिशतले घटाएको छ। डिजेलको मूल्यमा उल्लेख्य गिरावट आए पनि भाडा न्यून मात्र घटाइएको भन्दै प्रश्न उठ्न थालेका छन्। विभागले बिहीबार जारी गरेको सूचनाअनुसार डिजेलको औसत मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँबाट घटेर १९२.८३ रुपैयाँमा झरेको छ। प्रतिलिटर ४३ रुपैयाँको यो कमी करिब १८.२३ प्रतिशत हो।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर, डिजेलको मूल्य १८ प्रतिशतभन्दा बढीले घटे पनि विभागले सबै प्रकारका अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा २ प्रतिशत मात्रै घटाउने निर्णय गरेको हो।

Kamana Sewa

विभागका अनुसार यसअघि इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक प्रणालीअनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने अवस्था थियो। तर, तत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै सरकारले त्यसबेला ५ प्रतिशत मात्र भाडा वृद्धि गरेको थियो।

Classic Tech Desktop

पहिले वैज्ञानिक सूत्रअनुसार पूर्ण रूपमा भाडा नबढाइएकाले अहिले इन्धनको मूल्यमा ठूलो गिरावट आए पनि हालका लागि २ प्रतिशत मात्रै भाडा घटाइएको विभागले स्पष्ट पारेको छ।

प्रतिकृया