• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

बाँदर आतंक नियन्त्रण गर्न सरकारलाई सांसद राजेन्द्र राईको ७ दिनको अल्टिमेटम

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ०१:०७

७ जेठ २०८३ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद राजेन्द्र राईले मुलुकभर बढ्दो बाँदर आतंक नियन्त्रण गर्न सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले किसानहरू सहरदेखि गाउँसम्म बाँदरको उपद्रोका कारण प्रभावित भएको भन्दै तत्काल ठोस समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राईले नयाँ कानुन, प्राविधिक उपाय वा अन्य कुनै विकल्पमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै सरकारको स्पष्ट कार्ययोजना ७ दिनभित्र सदनमा प्रस्तुत गर्न चेतावनी दिएका छन् । उनले समाधान नभए सदनमै सामूहिक रूपमा आवाज उठ्ने र संसद् अवरुद्ध हुन सक्ने संकेत समेत गरेका छन् ।

Kamana Sewa

प्रतिकृया