• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार १०:३६

५ जेठ २०८३ काठमाडौं- सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ८५ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि जेठ २० गतेसम्म कायम रहनेछ भने पूर्ण आवेदन नपरेमा जेठ २८ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

Kamana Sewa

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले गर्नेछ ।

Classic Tech Desktop

प्रतिकृया