• १६ असोज २०८३, शुक्रबार
  • ११ः१६ राती

प्रधानमन्त्री शाहमाथि हर्क साम्पाङको कटाक्ष

प्रकाशित मिति

२०८३ जेष्ठ १ गते, शुक्रबार ०९:४६

१ जेठ २०८३ काठमाडौं- हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह माथि पुनः तीव्र आलोचना गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई ‘डरपोक’को संज्ञा दिँदै संसद्मा उठेका प्रश्नको जवाफ दिन नसक्ने व्यक्तिले लिपुलेक फिर्ता ल्याउने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

National Life

उनले लेखेका छन्, “संसद्मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने, जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।”

यसअघि पनि साम्पाङले प्रधानमन्त्री शाह संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन उपस्थित नभएको विषयमा आलोचना गरेका थिए । उनले बिहीबार संसद्मा आफ्नो विवाहमा अरूलाई बेहुलो बनाउन नमिल्ने भन्दै प्रधानमन्त्रीको अनुपस्थितिमाथि कटाक्ष गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया