• १६ असोज २०८३, शुक्रबार
  • ५ः३२ बेलुका

स्नो रिभर्सको आईपीओ बिक्री आजदेखि बन्द हुँदै

प्रकाशित मिति

२०८३ जेष्ठ १ गते, शुक्रबार १०:५३

१ जेठ २०८३ काठमाडौं- स्नो रिभर्स लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिक्री प्रक्रिया आजदेखि बन्द गर्ने भएको छ । कम्पनीले जेठ १ गते बैंकिङ समयपछि आवेदन संकलन बन्द गरिने जनाएको हो ।

National Life

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने बाँकी ९ लाख ३७ हजार ५०० कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको थियो ।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ बिक्री वैशाख २९ गतेदेखि खुला गरिएको थियो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया