• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

रास्वपाको नीति तथा कार्यक्रममाथि बादलको प्रश्नैप्रश्न

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ०४:०१

२९ बैशाख २०८३ काठमाडौं- रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमाथि तीव्र आलोचना गर्दै अध्यादेशमार्फत सत्ता केन्द्रीकरणको प्रयास भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दलीय हैसियतले बोल्दै उनले संसद अधिवेशन स्थगित गरी आठ वटा अध्यादेश ल्याउनुको उद्देश्य प्रशासन र न्याय क्षेत्रमा एकल प्रभुत्व कायम गर्नु रहेको दाबी गरे ।

बादलले रास्वपाको सफलता दशकौँदेखिका राजनीतिक कमजोरी र वैश्विक भू–राजनीतिक प्रभावको परिणाम भएको टिप्पणी गरे । उनले आगामी निर्वाचनमार्फत रास्वपाले राष्ट्रिय, प्रदेश र स्थानीय तहमा एकल नेतृत्व स्थापित गर्ने प्रयास गरिरहेको दाबीसमेत गरे ।

Kamana Sewa

उनका अनुसार रास्वपाको नीति तथा कार्यक्रम विकास र समृद्धिभन्दा बढी लोकप्रियतावाद र अस्थिर राजनीतिक प्रवृत्तिमा आधारित छ । “यो चरम अवसरवाद र अस्थिर प्रवृत्ति हो,” भन्दै उनले रास्वपाको कार्यशैलीलाई “भ्रम र विरोधाभासको राजनीति” भने ।

Classic Tech Desktop

बादलले सरकारको नीति तथा कार्यक्रमले लिपुलेक मुद्दा, शिक्षक तथा पेशागत अधिकार र ऋण लिएर विकास गर्ने विषयमा स्पष्टता नदेखाएको भन्दै दर्जनौँ प्रश्नसमेत उठाएका छन् ।

प्रतिकृया