• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

बादलको धारणा गैरजिम्मेवार भन्दै रेकर्ड हटाउन आग्रह

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ०३:५४

२९ बैशाख २०८३ काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभामा राखेको धारणा विवादमा परेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बादलले नेपाली सेनाबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै दुई सांसदले नियमापत्ति जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र खुश्बु ओलीले सेनासम्बन्धी टिप्पणी रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन् ।

Kamana Sewa

सांसद खनालले जनताबाट अनुमोदित पार्टीबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उक्त भाग पनि रेकर्डबाट हटाउन आग्रह गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया