• ७ असोज २०८३, बुधबार
  • १०ः२९ राती

नेप्सेमा उच्च वृद्धि, परिसूचक ३८.१९ अंकले उकालो

प्रकाशित मिति

२०८३ बैशाख २८ गते, सोमबार ०३:१३

२८ बैशाख २०८३ काठमाडौं- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ३८.१९ अंकले वृद्धि हुँदै २७८३.८५ विन्दुमा पुगेको हो।

National Life

आज कुल ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजारमा उत्साह देखिँदा १३ वटै उपसूचक हरियालीमा बन्द भएका छन्। उपसूचकमध्ये सबैभन्दा बढी ‘अदर इन्डेक्स’ २.११ प्रतिशतले बढेको छ। त्यस्तै फाइनान्स इन्डेक्स १.८१ प्रतिशत र हाइड्रोपावर इन्डेक्स १.७९ प्रतिशतले वृद्धि भएको छ।

कारोबारका क्रममा फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १४.१९ प्रतिशतले बढेको छ। यस्तै कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशत, दोल्ती पावरको ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७८ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावरको ६.६४ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार समग्रमा बढे पनि केही कम्पनीको शेयरमूल्य भने घटेको छ। त्रिशुली जलविद्युतको शेयरमूल्य २.८७ प्रतिशतले घट्दा एनएमबि ५० को २.६९ प्रतिशत, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चरको २.६८ प्रतिशत तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २.४५ प्रतिशतले गिरावट आएको छ।

प्रतिकृया