• ६ असोज २०८३, मंगलबार
  • २ः३६ दिउँसो

हामी जनताको चाहना अनुसार काम गर्न सरकारमा आएका हौँ,तपाईंहरू ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ०९:३५

२२ बैशाख २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेको पार्टीकरणले देशको समग्र प्रणालीलाई कमजोर बनाएको बताएका हुन्।

National Life

प्रधानमन्त्री शाहका अनुसार सरकारले अध्यादेशमार्फत विद्यार्थी र कर्मचारीतन्त्रमा देखिएका विकृति हटाउने निर्णय लिएको छ। अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने गतिविधि पूर्ण रूपमा निषेध गरिने उनले स्पष्ट पारे। उनले विगतमा विद्यार्थी तथा कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ जस्तै बनेको आरोप लगाउँदै योग्यताभन्दा पहुँच र क्षमताभन्दा दलगत निकटतालाई प्राथमिकता दिइएको बताए। यसले जनताको विश्वास कमजोर बनाएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले यो कदम कसैको अधिकार खोस्ने नभई पेसागत स्वतन्त्रता सुदृढ बनाउने उद्देश्यले लिइएको उल्लेख गरे। अब नियुक्ति, सरुवा र बढुवामा दलगत प्रभाव होइन, विधि, क्षमता र दक्षतालाई मात्र आधार बनाइने उनले प्रतिबद्धता जनाए। विद्यार्थीले राजनीति नेताबाट होइन गुरुबाट सिक्नुपर्ने र कर्मचारीले नेताको आश्रयभन्दा विधिको बाटो रोज्नुपर्नेमा जोड दिँदै उनले यो निर्णय कुनै दलविरुद्ध नभई समग्र प्रणाली सुधारका लागि भएको स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

परिवर्तन भाषणले होइन, निर्णयले आउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले देशलाई संस्थागत मार्गमा लैजान यस्तो कदम आवश्यक भएको बताए। साथै, उनले यस ऐतिहासिक परिवर्तनका लागि आम नागरिकको साथ र विश्वासको अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रतिकृया