• ८ असोज २०८३, बिहीबार
  • ११ः०९ राती

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ०९:२३

२२ बैशाख २०८३ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय गरिएको साधारण सभा स्थगित भएपछि सोमबार उद्घाटन सत्र सम्पन्न गरिएको थियो।

National Life

महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अब महासंघको अध्यक्ष बन्ने भएका छन्। यसपटक अध्यक्षका लागि प्रत्यक्ष मतदान भने हुने छैन। आज उपाध्यक्ष र कार्यसमिति सदस्यका लागि मात्रै निर्वाचन हुँदैछ। चार उपाध्यक्षसहित कुल ७३ पदका लागि प्रतिस्पर्धा भइरहेको छ। निर्वाचनमा १३७ व्यवसायी उम्मेदवार बनेका छन्। निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान मा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ भने नतिजा बुधबार सार्वजनिक गरिने जनाइएको छ। यस चुनावमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। महासंघमा जिल्ला–नगर, वस्तुगत र एसोसिएट समूहअन्तर्गत विभिन्न पदमा निर्वाचन हुँदैछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया