• ४ साउन २०८३, सोमबार
  • ९:५० बेलुका

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

प्रकाशित मिति

२०८३ बैशाख १९ गते, शनिबार ०८:१९

१९ बैशाख २०८३ काठमाडौं- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको र यो चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो।

Kamana Sewa

कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ।

Classic Tech Desktop

त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

मेची भन्सारले लक्ष्यअनुसार राजश्व संकलन गर्न आयात–निर्यात गतिविधि सुदृढ गर्दै निगरानी बढाएको जनाएको छ।

प्रतिकृया