• २ असोज २०८३, शुक्रबार
  • २ः१४ राती

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजारले सस्तो

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ११:१६

१६ बैशाख २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले सस्तो भई प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य घटबढ भइरहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया