• १६ असोज २०८३, शुक्रबार
  • ५ः४१ बेलुका

सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०२:५०

काठमाडौं । सरकारले मन्त्रालय, विभाग, कार्यालय तथा सबै सरकारी निकायमा कार्यरत कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले बिहीबार परिपत्र जारी गर्दै सबै मातहतका निकायलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न भनेको हो।

National Life

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा लागू नभएको अवस्थामा समेत कर्मचारीको दैनिक उपस्थितिको विवरण (आएको र गएको समय) अनिवार्य रूपमा सोही प्रणालीमार्फत अभिलेख राख्नुपर्नेछ।

त्यस्तै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित अभिलेख कार्यालयमा सुरक्षित राख्नुपर्ने व्यवस्था समेत गरिएको छ। मन्त्रालयका शाखा अधिकृत पीताम्बर सारुका अनुसार २०८३ साल वैशाख ८ गतेको सचिवस्तरीय निर्णयअनुसार यस्तो परिपत्र जारी गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यस व्यवस्थाले सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति व्यवस्थापन पारदर्शी, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिकृया