• १५ असोज २०८३, बिहीबार
  • ११ः२४ राती

यस्ता छन् आज बोलाएको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०१:३१

National Life

१० बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज बोलाएको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ताका अनुसार बैठकमा विभिन्न समसामयिक तथा प्रशासनिक विषयमा छलफल भएको थियो । विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्ता छन् तीन वटा निर्णय

  • Integrated Water Supply & Sewerage Management Project का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर एक सय पन्ध्र मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा एउटा वार्ता टोली गठन गर्ने।
  • नेपाल सरकार मन्त्रिपरिषद्को 2075 भदौ एकको निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा एक सय चौध रोपनि तीन आना राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने।
  • सरकारी निकायमा भएका software तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने।

प्रतिकृया