• १७ असोज २०८३, शनिबार
  • १२ः३९ राती

हाराजगञ्जको प्रहरी प्रतिष्ठान यथावत रहने, जग्गा हस्तान्तरण निर्णय खारेज

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०१:१५

१० बैशाख २०८३ काठमाडौं – सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ । यसअघि २०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने तथा सोको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

National Life

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्टाउँदै प्रतिष्ठानले हाल प्रयोग गरिरहेको ११४ रोपनी ३ आना जग्गा यथावत रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

यससँगै राष्ट्रपति कार्यालयलाई जग्गा हस्तान्तरण गर्ने प्रक्रिया पनि रोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया