• १७ असोज २०८३, शनिबार
  • १ः५० राती

बालेन शाहद्वारा बागमती प्रदेशका सांसदहरूसँग विकास एजेण्डामा छलफल

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०३:५३

३० चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्। सोमबार भएको उक्त छलफलमा बागमती प्रदेशका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी थिए।

National Life

छलफलमा सरकारको प्राथमिकता तथा प्रदेशको विकाससम्बन्धी एजेण्डाबारे विचार आदानप्रदान भएको जनाइएको छ।यसअघि प्रधानमन्त्री शाहले लुम्बिनी प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।

सरकारले प्रदेशगत विकास प्राथमिकता तय गर्न तथा समन्वय सुदृढ बनाउन यस्तो छलफललाई निरन्तरता दिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया