• १७ असोज २०८३, शनिबार
  • १ः५० राती

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.१८ अंकले घट्यो, ८.६६ अर्बको कारोबार

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०३:४४

३० चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा कायम भएको छ। यस दिन कुल २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारमा अधिकांश उपसूचक घटेका छन्। वाणिज्य बैंक समूह ०.४७ प्रतिशत, विकास बैंक ०.५५ प्रतिशत, फाइनान्स ०.२९ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशतले घटेका छन्।

आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको घटेको छ। १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया