• ६ असोज २०८३, मंगलबार
  • ६ः५४ बेलुका

चन्द्र ढकालका छोरा सचिन ढकाल सहितको अब्बल र बलियो बन्यो ज्योत्सना समुह

प्रकाशित मिति

२०८२ चैत्र २५ गते, बुधबार १०:०२

२५ चैत,२०८२ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरागर्मी बढ्दै जादा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टीम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एशोसिएट्सर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना समुहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै थप बलियो र शसक्त बन्न पुगेको हो ।

National Life

महासंघको निर्वाचनमा एशोसिएट्सतर्फ चन्द्र ढकालको वर्चश्व रहँदै आएको छ । आफु एशोसिएट्स उपाध्यक्ष हुँदा निर्वाचन अघि नै प्रोक्सी भोटको आधारमा सर्वसम्मत भएका चन्द्र ढकालका छोरा सचिन ढकाल ज्योत्सना श्रेष्ठ समुहबाट केन्द्रिय कार्यकारिणी सदस्यमा चुनाव उठेसँगै त्यसले चुनावी माहोल थप तताएको छ । उनको समुह थप सशक्त बन्न पुगेको महासंघ सम्बद्ध जानकारहरु बताउँछन् । ढकाल वरिष्ठ उपाध्यक्ष हुँदा पनि उनले सबैभन्दा बढी एशोसिएट्सतर्फकै मत पाएका थिए ।

आफुले सबै क्षेत्रलाई ममावेश गरी टीम निर्माण गरेको र पुरै टीमको जीत सुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । अहिले पनि महासंघको एशोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले अहिलेको कार्यकालमा व्यसायी मैत्री नीति निर्माण तथा समुहित सौदावाजीजस्ता विषयमा आफुले धेरै काम गरेको र अझै नीतिगत पैरवी र व्यवसायी मैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफु पुनः सोही पदमा दोहोरिएको उनले जानकारी दिईन्। ‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एशोसिएट्तर्फको सदस्य पदमा उम्मेदवारहरु छनौट गरेका छौं,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समुहलाई मदतान गरी जिताउन हुन सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, राम राजा श्रेष्ठ, डा। रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाइ, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), चुनावी मैदानमा छन् ।

प्रतिकृया