• १९ असार २०८३, शुक्रबार
  • ३:४७ बिहान

नव निर्वाचित सभामुख अर्यालको आज शपथ

प्रकाशित मिति

२०८२ चैत्र २२ गते, आईतवार ०९:३३

२२ चैत,२०८२ काठमाडौं –  प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद अर्याल ले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज दिउँसो २:३० बजे शीतल निवास मा शपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थद्वारा जारी सूचनामा शपथ कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा संसद सचिवालयका अधिकारीहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।

Kamana Sewa

यसअघि शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेको थियो। त्यसपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको प्रस्तावकमा रवि लामिछाने रहेका थिए भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

Classic Tech Desktop

प्रतिनिधिसभाको आजको बैठकबाट औपचारिक प्रक्रिया पूरा भएपछि शपथ ग्रहण कार्यक्रम सम्पन्न हुने तयारी गरिएको छ।

प्रतिकृया