• १७ असोज २०८३, शनिबार
  • ३ः१७ राती

ओली र लेखकको म्याद थपको बहस सकियो,केहीबेरमा निर्णय सुनाउने

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०३:०२

१५ चैत,२०८२ काठमाडौं – केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राख्न म्याद थपसम्बन्धी निवेदनमाथि बहस सकिएको छ। आइतबार जिल्ला अदालत काठमाडौं का न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासमा म्याद थपबारे बहस सम्पन्न भएको हो।

National Life

सरकारी वकिलले दुवैलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेका थिए। जेनजी आन्दोलन (भदौ २३–२४) का क्रममा भएको दमनबारे गठित आयोगको सिफारिसका आधारमा उनीहरूविरुद्ध फौजदारी कारबाही अघि बढाइएको हो।

सोही सिफारिसअनुसार पक्राउ पुर्जी जारी भएपछि शनिबार बिहान दुवै नेतालाई पक्राउ गरिएको थियो। अदालतमा लेखक स्वयं उपस्थित भएका थिए भने बिरामी रहेका ओली त्रिवि शिक्षण अस्पताल मार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

म्याद थपबारेको निर्णय भने इजलासले केहीबेरमै सुनाउने अदालतले जनाएको छ।

प्रतिकृया