• १७ असोज २०८३, शनिबार
  • ३ः२० राती

नयाँ सरकारको पहिलो दिन नै नेप्से ओरालो, ७१ अंकले घट्यो

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०३:१९

१५ चैत,२०८२ काठमाडौं – नयाँ सरकारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज मा भारी गिरावट देखिएको छ। बालेन शाह नेतृत्वको सरकारप्रति लगानीकर्ताले अपेक्षा धेरै राखेका थिए । तर, लगानीकर्ताको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेको छ ।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा झरेको छ। आइतबार ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर कारोबार हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन १३ वटै उपसूचक राताम्य भएका छन्। फाइनान्स समूह ३.३८%, विकास बैंक २.८९%, वाणिज्य बैंक २.७८%, होटल तथा पर्यटन २.२५%, हाइड्रोपावर २.२१% र इन्भेष्टमेन्ट समूह २.९८% ले घटेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया