ओली र लेखक आज अदालतमा पेश गरिँदै, अब के हुन्छ कानुनी प्रक्रिया ?
प्रकाशित मिति
२०८२ चैत्र १५ गते, आईतवार ०९:३५
१५ चैत,२०८२ काठमाडौं – पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखकलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिने भएको छ। शनिबार पक्राउ परेका दुवै नेतालाई अदालत खुल्नेबित्तिकै उपस्थित गराइने तयारी गरिएको हो।
प्रहरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयमार्फत हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागिनेछ। कानुनी व्यवस्था अनुसार अदालतले अनुमति नदिएमा उनीहरू आजै रिहा हुनेछन् भने अनुमति दिएमा प्रहरी हिरासतको म्याद थपिनेछ। यस्तो म्याद बढीमा २५ दिनसम्म थप्न सकिने प्रावधान रहेको छ।
अनुसन्धान पूरा भएपछि प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनेछ र सोही आधारमा मुद्दा चलाउने वा नचलाउने निर्णय गरिनेछ। मुद्दा चलाउने निर्णय भएमा कसुर र सजायसम्बन्धी दाबी समेत तय गरिनेछ।
यस्तै, अदालतले म्याद थप गरे पनि दुवै पक्षले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। सर्वोच्चबाट रिहा आदेश आएमा उनीहरू छुट्न सक्नेछन्, यद्यपि अनुसन्धान प्रक्रिया भने जारी रहनेछ।








प्रतिकृया