• १७ असोज २०८३, शनिबार
  • ३ः१७ राती

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी विरोध, प्रशासनमा ज्ञापनपत्र बुझाइँदै

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ०९:२७

१५ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।

National Life

शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले देशव्यापी रूपमा विरोधपत्र बुझाउन लागेको हो।

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति असहमति जनाउँदै एमालेले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादलाई समन्वय गर्न विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलगायत नेताहरूलाई जिम्मेवारी दिइएको छ।

प्रतिकृया