• १ असोज २०८३, बिहीबार
  • ६ः५९ बिहान

सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार १०:३२

९ चैत,२०८२ काठमाडौं- सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (चैत ९) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (इनिशियल पब्लिक अफर) निष्काशन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

National Life

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता आईपीओ निष्काशन गरिएको छ।त्यसपछि कम्पनीले २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूको लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गर्ने योजना बनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पहिलो चरणमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ता आईपीओमा आवेदन दिन सक्नेछन्। आवेदन चैत ९ देखि चैत १२ सम्म दिन सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिकृया